चलचित्र ‘भेरै’को शुभमहुर्हत गरिएको छ । बिहीबार काठमाडौँमा एक कार्यक्रम आयोजना गरी चलचित्रको शुभमुर्हत गरिएको हो । मङ्सिर ४ गतेबाट छायाङ्कन सुरु हुने चलचित्रलाई एभरेष्ट सूर्य बोहोराले निर्देशन गर्ने छन् । निर्देशक बोहोराकै लेखन रहेको चलचित्रलाई नेपालय सिनेमा इन्टरनेशनलले निर्माण गर्न लागेको हो । चलचित्रमा अभिनेता दयाहाङ राई, सुनिल थापा, विक्रान्त बस्नेत, सुरक्षा पन्त, वर्षा सिवाकोटी, बुद्धि तामाङ, अनुभव रेग्मी, जाहन्वी बोहोरा लगायतका कलाकारहरूको अभिनय रहनेछ । चलचित्रमा प्रेम प्रसाद पौडेल  निर्माता हुन् ।त्यस्तै कार्यकारी निर्माताको रूपमा देवी माया अधिकारी छन् भने फिल्ममा यम बराल, लेख बहादुर गुरुङ र रघु पुरी सह(निर्माताको रूपमा छन् । यम बराल र वसन्त सापकोटाले ‘भैरे’मा गीतमा सङ्गीत दिँदैछन् । आगामी तिजको अवसरमा प्रदर्शन हुने भनिएको चलचित्रको छायाङ्कन उपल्लो मुस्ताङ, पोखरा र काठमाण्डौमा हुने छ । ४० दिनको छायाङ्कन सेड्युल रहेको बताइएको चलचित्रलाई पुरुषोत्तम प्रधानले खिच्ने छन् ।