नेपाली संगीत क्षेत्रको सबैभन्दा ठुलो सम्मान मानिने राष्ट्रिय संगीत पुरस्कार    बाट गायक ब्रिजेश श्रेष्ठले आफ्नो लोकप्रिय गीत ‘मुटुमै बसेछ’ बाट उत्कृष्ट हिपहप र आरएन्डबी विधामा पुरस्कार जित्न सफल भएका छन्।

रेडियो कान्तिपुर को आयोजनामा सम्पन्न भएको यस भव्य समारोहमा ब्रिजेश श्रेष्ठले ओएमजी स्पार्क (नेपाली प्रतिभा), भेक/ज्याम्से (एम्स्टर्डम), डेम्रिति (मलाइ आज भोली) र याबेश र बिजेन (के गर्ने) जस्ता चर्चित कलाकारहरूसँग प्रतिस्पर्धा गरेका थिए।

शब्द, संगीत र प्रस्तुतिको प्रभावले ब्रिजेश श्रेष्ठको गीत अत्यन्त लोकप्रिय भएको थियो र सोही कारण उहाँले यो पुरस्कार पाएका हुन्।

कार्यक्रम २०८२ साउन २७ गते, शनिवारको दिन गोदावरी सनराइज सम्मेलन केन्द्रमा सम्पन्न भएको थियो।

ब्रिजेश श्रेष्ठको यस सफलताले नेपाली हिपहप र आरएन्डबी सङ्गीतलाई अझ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।