अभिनेत्री वर्षा सिवाकोटीको फिल्म ‘जहाजैमा’अनुबन्धित भएकी छन् ।फिल्म ‘पिताम्बर’ निर्देशक कृषा चौलागाईंको निर्देशनमा बन्न लागेको हो । फिल्ममा वर्षालाई प्रमुख भूमिकामध्ये एकमा अनुबन्ध गरिएको जनाइएको छ । उनले कथा र कलाकारको टिम मन परेपछि फिल्ममा आबद्ध हुने निर्णय लिएको बताएकी छन् ।

फिल्ममा वर्षाभन्दा पहिल्यै सौगात मल्ल, केदार घिमिरे ‘माग्ने बुढा’, कर्मा शाक्य र जापानी अभिनेत्री रुजेल इचिमिया अनुबन्ध भइसकेका छन् । अन्य कलाकारको छनोट अन्तिम चरणमा रहेको निर्माण पक्षले जानकारी दिएको छ ।

उज्ज्वल गुरागाईंको लगानीमा तयार हुन लागेको फिल्मको कथा अभिमन्यू निरवीले लेखेका छन् भने छायाङ्कनको जिम्मेवारी पुरूषोत्तम प्रधानले सम्हाल्नेछन् ।

केपी फिल्म्ससँगको सहकार्यमा यूएनए प्रोडक्सनले निर्माण गर्न लागेको फिल्मको छायाङ्कन आउँदो भदौ महिनाबाट जापानमा सुरु हुनेछ । जापानपछि नेपाल र फिलिपिन्समा पनि छायाङ्कन हुने जनाइएको छ । अहिले फिल्मको प्रि-प्रोडक्सन कार्य जारी छ । निर्माण पक्षले फिल्मको प्रदर्शन मिति आगामी फागुन १ गते तोकेको छ, जुन मितिमा अन्य तीन नेपाली फिल्म पनि रिलिज हुँदैछन् ।