निर्देशक सरोज पौडेलको नयाँ फिल्म कोशोढुङ्गा आगामी भदौ १२ गते, ऋषिपञ्चमीको दिनबाट देशभर प्रदर्शनमा आउने तयारीमा छ। महिलाप्रधान कथामा आधारित यस फिल्मको पहिलो गीत ‘नत्र भने जिन्दगी व्यर्थ छ’ सार्वजनिक गरिएको छ।

सोमबार काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको तीज भाकाको यस गीतमा खेम सेन्चुरीसमीक्षा अधिकारी र दीपिका मगरको स्वर सुन्न सकिन्छ। नेत्र अर्यालको शब्द, गायक सेन्चुरीकै हुकलाइन र संगीत रहेको गीतको भिडियो तीजको रौनक र महिला भावनालाई समेटेर तयार पारिएको छ।

गीतको भिडियोमा ऋचा शर्मासुरक्षा पन्त र नीति शाह नृत्य गर्दै देखिएका छन्। तीन अभिनेत्रीले विवाहित र अविवाहित महिलाहरूका भावना, अनुभव र भोगाइलाई सशक्त रूपमा प्रस्तुत गरेका छन्। भिडियोमा ऋचालाई सिन्दूर र पोतेमा देखाइएको छ भने सुरक्षा र नीति अविवाहित पात्रको रुपमा प्रस्तुत छन्।

पूर्ण बहादुरको सारङ्गीबाट चर्चा कमाएका निर्देशक पौडेलकै निर्देशनमा बनेको कोशोढुङ्गामा प्रमुख भूमिकामा आर्यन सिग्देलप्रवीण खतिवडासरोज खनालविशाल पहाडीलोकमणी सापकोटाहिउँवाला गौतमदिनेश काफ्लेशेखर चापागाईंसिरु विष्ट र उद्वव सापकोटाले पनि अभिनय गरेका छन्।

नरदेवी फिल्मसको ब्यानरमा निर्माण भएको फिल्ममा सरोज पौडेलकै लेखन, बाबु श्रेष्ठको छायांकन, नहकुल खड्काको सम्पादन, सुप्रिम पराजुलीको रंग संयोजन तथा स्मृति तिमल्सेना र सुमन सागर जंग केसीको कोरियोग्राफी रहेको छ। फिल्मका निर्माता प्रेविल कँडेल र किशोर अनुराग हुन् भने कार्यकारी निर्माता दिनेश खड्का रहेका छन्।