चलचित्र ‘फुलै फुलको मौसम तिमीलाई’बाट रजतपटमा डेव्यु गरेका नायक हुन् आमेश भण्डारी । पहिलो चलचित्रमा उनले आफ्नो प्रेमीका निता ढुङगानासँग रोमान्स गरेका थिए । पहिलो चलचित्रबाट कामको जस नपाएका आमेशको चर्चा भने प्रेमिकासँग जोडिएको नामले अलि बढी भयो ।

 

करिब चार वर्ष सम्म प्रेम सम्बन्धमा रहेका आमेश र निता चलचित्र ‘फुलै फुलको मौसम तिमीलाई’को असफलतासँगै एकअर्काबाट टाढिए । पहिलो चलचित्र असफल भएसँग निता र आमेश अभिनित दोस्रो चलचित्र ‘तँ, म र ऊ’ रिलिज भयो । तर चलचित्रले बक्स अफिसमा पानी पनि भन्न पाएन । ब्रेकअप पछि नायिका निताको व्यस्तता सिनेनगरीमा बढ्दै गयो भने आमेश गुमनाम जस्तै भएका थियो । तर हालै अामेश अभिनित चलचित्र ‘मेला’ प्रदर्शनमा आइसकेको छ ।

 

अपेक्षित व्यापार गर्न नसके पनि मेलाले लगानी सुरक्षित गरेको छ । यता चलचित्र चलेसँगै आमेशलाई भने राहत मिलेको छ । लगातार दुई असफल चलचित्रको स्वाद चाखेको आमेशले बल्ल सफलताको स्वाद चाख्ने मौका पाएका छन् ।