भारतको सबैभन्दा सफल फिल्म फ्रेन्चाइजमध्ये एक यशराज फिल्म्सको ‘स्पाई यूनिभर्स’ले अब ‘वार २’ मार्फत आफ्नो यात्रालाई अगाडि बढाउँदैछ। शुक्रबार सार्वजनिक गरिएको फिल्मको ट्रेलरमा दर्शकले उच्च स्तरको एक्सन, सस्पेन्स, रोमान्स र इमोसनको सम्मिलन अनुभव गर्न सक्ने छन्।ऋतिक रोशनजूनियर एनटीआर मुख्य भूमिकामा रहेको फिल्मको ट्रेलर साढे दुई मिनेट लामो छ। ट्रेलरमा आकाशमा प्लेनमाथिको भिडन्तदेखि समुद्रमा जहाजमाथि भएको लडाइँ, शक्तिशाली विस्फोट, कार क्र्यास लगायतका थ्रिलिङ दृश्यहरू देख्न सकिन्छ।फिल्ममा ऋतिक र एनटीआर एकअर्काका कडा शत्रुको भूमिकामा देखिन्छन्, जसले फिल्म बदलाको कथामा आधारित भएको संकेत गर्छ। कियारा आडवाणी फिल्ममा ऋतिकको अपोजिटमा छिन् र उनको पनि दमदार एक्सन सिन ट्रेलरमा समावेश गरिएको छ।फिल्मको निर्देशन अयान मुखर्जीले गरेका हुन्। सन् २०१९ मा आएको ब्लकबस्टर फिल्म *‘वार’*को यो सिक्वेल हो, जसमा ऋतिकसँगै टाइगर श्राफ थिए। तर ‘वार २’मा टाइगर छैनन्।करीब ४ सय करोड भारु बजेटमा निर्माण गरिएको फिल्ममा आशुतोष राणा, अनिल कपूर, दिशिता सहगल लगायतका कलाकारको पनि अभिनय छ।खास कुरा के छ भने, चर्चा अनुसार फिल्ममा आलिया भट्टशर्वरी वाघको केमियो उपस्थिति पनि रहनेछ। उनीहरू यशराजको अर्को स्पाई फिल्म *‘अल्फा’*सँग जोडिएको पोस्ट-क्रेडिट सिनमा देखिने सम्भावना छ।‘वार २’ साउन ३० गते (१५ अगस्ट)देखि विश्वव्यापी रूपमा प्रदर्शनमा आउनेछ।