साउन १६ गते धरान रंगशालामा भव्य सांगीतिक कार्यक्रम ‘त्रिगुट म्युजिकल नाइट’ आयोजना हुने भएको छ। हस क्रिएसन्स, दृश्य : सी द अनसिनइफ्लिक्स इन्टरटेन्मेन्ट युकेको संयुक्त आयोजनामा हुने उक्त कार्यक्रममा नेपाली संगीतका चर्चित ब्यान्ड र कलाकारहरूको सहभागिता रहनेछ। कार्यक्रममा स्वर, रकहेड्सद फिरन्ते जस्ता चर्चित म्युजिकल ग्रुपले आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गर्दै दर्शकलाई झुमाउनेछन्। यस्तै, भ्वाइस अफ नेपालबाट परिचित गायक सार्थक लामाप्रमेश राई पनि कार्यक्रमको आकर्षण हुनेछन्। साथै, धरानका लोकप्रिय ग्रुपहरू आस्था एण्ड द ब्रदर्स, द क्राइसिसदि एलाइजले समेत आफ्नो प्रस्तुति दिनेछन्।आयोजक आकाश रावलका अनुसार यो कन्सर्ट अघिल्ला कार्यक्रमहरूभन्दा फरक ढंगमा आयोजना गरिँदैछ। कार्यक्रम स्थलमा भीआईपी, फ्यानपिटजनरल जोन स्पष्ट रूपमा छुट्याइएको छ र व्यवस्थापन तथा सुरक्षामा कुनै कसर बाँकी नराखिएको बताइएको छ। धरान मात्र होइन, आसपासका शहरहरूबाट पनि दर्शक आउने अपेक्षा गरिएको छ, जसले कार्यक्रमलाई अझ भव्य बनाउन सहयोग पुर्‍याउनेछ। आयोजकहरूका अनुसार तयारी लगभग सम्पन्न भइसकेको छ र संगीतप्रेमी दर्शकहरूलाई स्तरीय अनुभव प्रदान गर्ने लक्ष्य राखिएको छ।