सस्पेन्स, थ्रिल, प्रेम र विछोडले भरिएको नेपाली फिल्म 'मोहर' को ट्रेलर सार्वजनिक भएको छ। साउन २३ गतेबाट देशभर प्रदर्शनमा आउने तयारीमा रहेको यो फिल्मले दर्शकमाझ छुट्टै कौतुहलता जगाउने अपेक्षा गरिएको छ।फिल्म मेकर्स प्रालिको ब्यानरमा निर्माण भएको फिल्मको लेखन तथा निर्देशन ओम प्रतिकले गरेका हुन् भने चुम्बनजंग शाही यसका निर्माता हुन्। ट्रेलर हेर्दा फिल्मले नेपाली समाजमा गहिरो छाप छाड्न सक्ने संकेत देखिन्छ।ट्रेलरमा पल शाह, बेनिशा हमाल, नीति शाह, लक्ष्मी गिरी, अर्जुनजंग शाही, र सारा शर्माको प्रभावशाली उपस्थिति देखिन्छ। पल शाहको पात्रले दुई फरक प्रेम सम्बन्धमार्फत समाजको कठोर यथार्थलाई प्रस्तुत गर्ने प्रयास गरेको छ।फिल्मको मूल विषय देउकी प्रथा हो—जहाँ एक नाबालिका बलपूर्वक परम्पराको नाममा समर्पित गरिन्छ। यिनै पीडाबाट उठेको कथाले प्रेम, पीडा र प्रतिशोधलाई सशक्त ढंगले प्रस्तुत गर्ने प्रयास गरेको छ। ट्रेलरले देखाउने आरोह–अवरोह दर्शकलाई मनोवैज्ञानिक रूपमा बाँध्न सक्छ।फिल्मका सहायक निर्देशक गिरिराज घिमिरे हुन्। छायांकनमा दीपेन बस्न्यात, सम्पादनमा भूपेन्द्र अधिकारी, रङ संयोजनमा रेनिश फागो सक्रिय छन्। संगीततर्फ सुरेश अधिकारी, थानेश्वर गौतमएसडी योगीको योगदान छ। ट्रेलर सम्पादन साहिल खानले गरेका हुन्।रामजी लामिछानेकविराज गहतराजको कोरियोग्राफी, तथा कुमार महर्जनको एक्सन निर्देशनले फिल्मलाई थप मनोरञ्जनात्मक बनाउनेछ।दुई गीत र टिजरले पहिल्यै चर्चा बटुलेको अवस्थामा आएको ट्रेलरले फिल्मप्रति दर्शकको अपेक्षा झनै बढाएको छ। अब दर्शक साउन २३ गते फिल्म प्रदर्शनको प्रतीक्षा गर्दैछन्—कथा र भावना दुबैको ‘मोहर’ बोकेको यो सिनेमाको लागि।