हरितालिका तीजको अवसर पारेर आगामी भदौ ६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म **‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’**को दोस्रो गीत ‘मसुरीको दाना’ सार्वजनिक गरिएको छ। गीतमा अञ्जु पन्तएसडी योगीको स्वर, हर्क साउदको शब्द र एसडी योगीकै संगीत रहेको छ। गीतमा प्रेममा रहेका जोडीहरूको भावना र प्रेमिल अनुभूति मार्मिक ढंगले अभिव्यक्त गरिएको छ।सुनिल क्षेत्रीको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोमा फिल्मका मुख्य कलाकार विजय बराल, केकी अधिकारी, मिरुना मगरगौरव पहाडी नृत्य प्रस्तुत गर्दै देखिएका छन्। गीतमा प्रेमीको हेराइले हुरुक्कै हुने क्षणदेखि प्रेमिकाको स्वभाव र आनीबानीको प्रशंसा गरिएको छ। ठूलो संख्यामा कोरस राखिएको भिडियोमा विजयको नृत्य शैली विशेष रूपमा रोचक बनेको छ।हिमाल न्यौपानेको निर्देशनमा बनेको यस फिल्ममा विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, भोलाराज सापकोटा, रियर राईभावना खपांगी मगरलगायतका कलाकारको अभिनय रहेको छ। कथा, पटकथा र संवाद भानुभक्त ढकालले तयार पारेका हुन् भने फिल्मको निर्माण पेपरक्लिपका कमल न्यौपानेविमल न्यौपानेले गरेका हुन्।फिल्मका सह-निर्देशक मनिष राउत हुन्। कार्यकारी निर्माता नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसीजेम्स महाराजन रहेका छन्। छायांकन नवीन गुरुङकृष्ण परियारले गरेका छन् भने साहिल खानले टिजर–ट्रेलर, भरत रेग्मीले सम्पादन, सुप्रिम पराजुलीले कलर र चुल्ठे काजीले द्वन्द्व निर्देशनको जिम्मेवारी सम्हालेका छन्।