अष्ट्रेलियन पीआर (स्थायी बसोबास अनुमति)का लागि नेपाली विद्यार्थीहरूले गर्ने संघर्षको कथामा आधारित फिल्म **‘पीआर’**को अष्ट्रेलियाका दुई सहरमा रेड कार्पेट प्रिमियर हुने भएको छ। निर्माण पक्षका अनुसार आगामी अगस्ट ९ मा सिड्नीअगस्ट १२ मा न्यू क्यासल सहरमा फिल्मको विशेष प्रदर्शन आयोजना गरिनेछ।फिल्मको पहिलो प्रिमियर ९ अगस्टमा सिड्नीको हर्सफिलस्थित इभेन्ट सिनेमाका दुई हलमा हुनेछ भने दोस्रो प्रिमियर १२ अगस्टमा न्यू क्यासलको रिडिङ सिनेमाका दुई हलमा हुनेछ। आरएफएम फ्यासिलिटी म्यानेजमेन्टका रञ्जित शाह र करियर गेटवे अष्ट्रेलियाका सन्तोष तिवारीको प्रस्तुतिमा अष्ट्रेलियामा प्रिमियर आयोजना हुन लागेको हो।शोभित बस्नेतको निर्देशनमा बनेको यस फिल्ममा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, दिक्पाल कार्की, उत्तम केसी, आर.ए. सुरज पौडेल, राजन कुँवर, विनिता कार्की, पूजा चौधरी, बिमला खत्री, आस्मा अधिकारी, गणेश बुढाथोकी, कृष्ण थापा, म्याक्स, मस्तानी र नवीन घायललगायतका कलाकारको अभिनय छ। फिल्मको टिजर गत महिना सार्वजनिक भइसकेको छ।फिल्मका निर्मातामा ए वान ग्रुप सर्भिसका प्रदीप दाहालइन्द्रेणी ग्रुपका लक्ष्मण सापकोटा रहेका छन्। फिल्मको कथा निर्देशक बस्नेत आफैंले लेखेका हुन् भने पटकथा र संवाद गणेश बुढाथोकीले तयार पारेका हुन्। फिल्ममा सौरभ सायमी (अष्ट्रेलिया) र **सौरभ लामा (नेपाल)**को छायांकन, बन्दे प्रसादको सम्पादन तथा मानस राज र भीम बीसीको संगीत रहेको छ।