बलिउड अभिनेता चंकी पाण्डेले आइतबार काठमाडौंस्थित पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन्। पूजाआजा गरेको केही तस्वीर उनले सामाजिक सञ्जालमार्फत सेयर गर्दै लेखेका छन् – “श्रावण महिनामा पशुपतिनाथ मन्दिरको दर्शन गर्न पाउँदा धेरै भाग्यमानी महसुस भयो। हिन्दु क्यालेन्डरअनुसार साउन महिना भगवान शिवको पवित्र महिना मानिन्छ। साउन लागेसँगै नेपाल र भारतका हजारौं श्रद्धालु भक्तजनले पशुपतिनाथ मन्दिरमा पूजाआजा र आराधना गरिरहेका छन्।कामको सन्दर्भमा, चंकी पाण्डे अभिनीत फिल्म ‘सन अफ सरदार २’ यो शुक्रबारदेखि विश्वभर रिलिज हुँदैछ। फिल्मको प्रचार–प्रसारमा व्यस्त चंकीले नेपाल आएर धार्मिक आस्थासँगै फिल्मको चर्चा पनि बढाएका छन्।