चलचित्र विकास बोर्डको रिक्त सदस्य पदमा गीतकार तथा संवाद लेखक गणेश सुवेदी नियुक्त भएका छन्। उनको नियुक्ति बिहीबारको निर्णयअनुसार भएको हो।संचार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले सुवेदीलाई सदस्य पदमा नियुक्त गरिएको जानकारी दिएका छन्। यसअघि बोर्डमा अध्यक्ष **दिनेश डीसी (दिनेशराज दाहाल)**सहित सदस्यहरू सन्तोषबाबु लोहनीवीरेन्द्रप्रसाद भट्ट रहेका थिए।२५ वर्षदेखि संगीत र डकुमेन्ट्री फिल्म निर्माणमा सक्रिय सुवेदीले तीनवटा कथानक फिल्ममा समेत काम गरेका छन्। उनले गीत लेखन र संवाद लेखनमार्फत नेपाली चलचित्र उद्योगमा उल्लेखनीय योगदान दिएका छन्।