कथाकार गुरुप्रसाद मैनालीको चर्चित कथा ‘परालको आगो’ मा आधारित भएर निर्माण हुन लागेको सोही नामको फिल्ममा अब अभिनेता सौगात मल्ल पनि जोडिएका छन्। निर्माण पक्षले उनलाई ‘जुठे दमाई’को भूमिकामा अनुबन्ध गरेको जानकारी दिएको छ। यसअघि यो भूमिकामा अभिनेता जितु नेपाल अनुबन्धित थिए, तर समय अभावका कारण उनले फिल्ममा काम गर्न नसक्ने भएपछि सौगातलाई लिइएको हो।

सौगातको प्रवेशसँगै फिल्मको मुख्य कलाकारहरुको लाइनअप पूरा भएको निर्माता सुशील पोखरेलले जानकारी दिएका छन्। यसअघि नै प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, कुलदिप अधिकारी, सरु भण्डारी, रेणु न्यौपाने र ज्याक श्रेष्ठ फिल्ममा अनुबन्धित भइसकेका छन्।

‘परालको आगो’ श्रीमान्-श्रीमती चामे र गौँथलीबीचको झगडाको कथा हो। फिल्ममा प्रकाश सपुतले चामेको र सुहाना थापाले गौँथलीको भूमिका निभाउनेछिन्। सुहानाको यो पहिलो घरबाहिरको फिल्म हो।

लक्ष्मण सुनारको निर्देशनमा बन्ने फिल्मको छायांकन आगामी भदौ २६ गतेदेखि म्याग्दी जिल्लामा सुरु गरिनेछ। फिल्मको लेखन सुशील देवकोटाले गरेका छन् भने छायांकन संकल्प भुजेलले गर्नेछन्। गीत लेखनमा सुरेन्द्र राना, मनबहादुर मुखिया र प्रकाश सपूत संलग्न छन् भने संगीत वरिष्ठ संगीतकार शान्ति ठटाल, सत्य स्वरूप र प्रकाश सपूतको रहनेछ। रामजी लामिछानेले नृत्य निर्देशन गर्नेछन्।

‘परालको आगो’ कथा मैनाली कथा पुरस्कार ट्रस्टको अनुमति लिएर फिल्ममा रूपान्तरण गरिंदैछ