यसपालिको दशैं (असोज १३) प्रदर्शनमा आउन लागेको फिल्म **‘माइतीघर’**ले प्रचार अभियानलाई सशक्त बनाउन पाँच लाख रुपैयाँ पुरस्कारको नृत्य प्रतियोगिता घोषणा गरेको छ। फिल्मको लोकप्रिय गीत **‘वसन्त नै बस्न खोज्छ यहाँ लोलाएर’**मा ४० सेकेन्डदेखि २ मिनेटसम्मको भिडियो बनाएर सहभागी हुन सकिनेछ।
भिडियोहरू युट्युब, फेसबुक र टिकटकमार्फत सार्वजनिक गरिनेछन्। सर्वाधिक भ्युज र उत्कृष्ट कोरियोग्राफी भएको भिडियोलाई चयन गरेर असोज १२ गते पाँच लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।
भारतीय गायिका सञ्जिवनीले गाएको यो गीत झण्डै ६० वर्षअघि आशा भोसलेले गाएकी थिइन्।
फिल्म मिलन तामाङको निर्देशनमा बनेको हो र यसमा केदार घिमिरे, धीरज मगर, प्रकाश सपूत, उपासना सिंह ठकुरी लगायत कलाकारको अभिनय रहेको छ। फिल्मका लगानीकर्ता रविन शेरचन र धीरज तामाङ, कार्यकारी निर्माता ईश्वर श्रेष्ठ र निरज कटुवाल हुन्।
कथा चन्द्रकुमार दोङ, डोआपी सुशन प्रजापति, पटकथा रामशरण पाठक, संगीत चन्द्रकुमार दोङ, एलिस कार्की, एसडी योगी, स्वर्गीय जयदेव, द्वन्द्व निर्देशन अष्ट महर्जनले गरेका हुन्। फिल्म तामाङ संस्कृतिमा आधारित छ।