चलचित्र ‘जदौ’ को नयाँ नायिका बनेकी छिन् राजश्री थापा। चलचित्र काजी लिम्बू र अञ्जन शर्माको संयुक्त निर्देशनमा निर्माण हुँदैछ र यसको छायांकन भदौ महिनाको पहिलो सातादेखि सुरु हुने छ।
चलचित्रमा मुकुन भुसाल, ऋचा शर्मा, नीति शाह, प्रभातपाल ठकुरी, बिनोद न्यौपाने, शारदा गिरी, गीता अधिकारी, सन्ध्या श्रेष्ठ लगायतका कलाकारहरूले अभिनय गर्नेछन्।