अभिनेत्री रेखा थापा र पूजा शर्माले नयाँ फिल्म ‘३६ को आँकडा’ मा अभिनय गर्ने भएका छन्। शनिबार, श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर पशुपति क्षेत्रमा फिल्मको मुहूर्त सम्पन्न भएको छ र यसका साथै पहिलो पोस्टर पनि सार्वजनिक गरिएको छ।
पोस्टरमा रेखा थापा प्रहरी पोशाकमा देखिएकी छन् भने उनले पूजालाई हतकडी लगाउँदै प्रस्तुत गरिएको छ। फिल्ममा उनीहरू दिदी–बहिनीको भूमिका निभाउँदै आएको जनाइएको छ।
सोमबारदेखि फिल्मको छायांकन सुरु हुने बताइएको छ। यस फिल्मलाई सवीर श्रेष्ठले निर्देशन गर्नेछन् भने पुष्प खड्का र महेश त्रिपाठीले पनि प्रमुख भूमिकामा अभिनय गर्नेछन्।