फिल्म ‘मालती मङ्गले’ आज (भदौ १२ गते) बाट औपचारिक रूपमा छायांकनमा प्रवेश गरेको छ।

फिल्ममा मुख्य भूमिकामा विजय बराल र वर्षा राउत रहेका छन्। यसैसँगै कलाकार टोलीमा उमेश सुनाम, सुनिल तामाङ, सुवर्ण थापा, मेक्सम गौडेल, सरिता गिरी, प्रकाश घिमिरे, सुष्मा निरौला, शाकु शाह, सुचित्रा उप्रेती, दिनेश जङ थकुरी, रिजान परियार, सागर भट्टराई लगायतका कलाकारहरू रहेका छन्।

फिल्म प्राकु पाण्डेको निर्देशनमा र रामकृष्ण ढकालको निर्माणमा बन्नेछ। पटकथा–संवाद सयोज गुरागाईंले तयार पारेका छन् भने कार्यकारी निर्माता सागर ज्ञवाली हुन्।