नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेशन लिमिटेडले गायक तथा गीतकार सुशान्त केसीलाई आफ्नो ब्राण्ड एम्बासडर नियुक्त गर्दै नयाँ अभियान ‘Internet for Dreamers’ सार्वजनिक गरेको छ।

यस अभियानमार्फत भायानेटले डिजिटल युगमा सिर्जनशील काम गर्ने, सपना पछ्याउने र अनलाइन माध्यममार्फत आफ्नो पहिचान बनाउने चाहना राख्ने युवापुस्तालाई प्रेरित गर्ने लक्ष्य राखेको छ।

सुशान्त केसीले आफ्नो संगीत यात्रा इन्टरनेटमै सुरू गरेका थिए। आफ्ना गीतहरू डिजिटल प्लेटफर्ममा प्रस्तुत गरेर दर्शकको मन जितेका उनी आज नेपाली संगीत जगतका चर्चित कलाकार बनेका छन्। भायानेटले उनको यात्राबाट प्रेरणा लिँदै, यस्तै सपना बोकेका अन्य युवाहरूलाई समर्थन गर्ने उद्देश्य राखेको छ।

‘Internet for Dreamers’ अन्तर्गत विभिन्न डिजिटल गतिविधि, अन्तरक्रियात्मक कार्यक्रम र अनुभव साझा गर्ने अभियानहरू सञ्चालन गरिने छन्। यसले कन्टेन्ट क्रिएटर, सिर्जनाकर्मी तथा डिजिटल क्षेत्रमा अघि बढ्न चाहने इच्छुकलाई इन्टरनेटको माध्यममार्फत आफ्नो भविष्य निर्माण गर्न प्रोत्साहित गर्नेछ।

भायानेटले सुशान्तसँगको सहकार्यलाई विशेष महत्व दिँदै भनेको छ, “उनको संगीतप्रतिको लगन, निरन्तरता र सफलताप्रतिको आत्मविश्वासले नेपाली युवालाई थप ऊर्जा दिएको छ।”

नेपालभर उच्च-गति र भरपर्दो फाइबर इन्टरनेट सेवा प्रदान गर्दै आएको भायानेटले निरन्तर प्रविधि सुधार र सेवा विस्तारमार्फत डिजिटल नेपाल निर्माणमा योगदान दिइरहेको छ।