आगामी दशैंको फूलपाती (१३ असोज)का अवसरमा प्रदर्शनको तयारीमा रहेको नेपाली फिल्म **‘माइतीघर’**को ट्रेलर सार्वजनिक गरिएको छ। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत निर्माण टिमले युट्युबमा ट्रेलर सार्वजनिक गर्दै दर्शक माझ फिल्मको झलक पस्किएको हो।

झन्डै ३ मिनेटको ट्रेलरले फिल्मको मूल कथा त्रिकोणात्मक प्रेमसांस्कृतिक तथा सामाजिक द्वन्द्व वरिपरि केन्द्रित रहेको संकेत गर्छ। ट्रेलर अनुसार, मुख्य पात्रहरू प्रकाश सपूतउपासना सिंह ठकुरी प्रेम सम्बन्धमा छन्, तर जातीय भिन्नताका कारण उनीहरूको सम्बन्धमा समस्या आउँछ। त्यसैबीच धीरज मगरको प्रवेशले कथा थप पेचिलो बनाएको देखिन्छ।

फिल्ममा प्रेम, परिवार र सांस्कृतिक मूल्यहरूबीचको संघर्षलाई भावनात्मक र प्रभावशाली रूपमा प्रस्तुत गर्ने प्रयास गरिएको छ। निर्देशक मिलन तामाङको निर्देशनमा बनेको यो फिल्ममा प्रकाश, उपासनाधीरजका साथै केदार घिमिरे (माग्ने बुढा), श्यामाश्री शेर्पा, वराज लामा, बुद्धि तामाङ, रजनी गुरुङ लगायत कलाकारहरूको अभिनय समावेश छ।

रामशरण पाठकद्वारा लेखिएको यो फिल्ममा रबिन शेरचनधिरज तामाङको लगानी रहेको छ। ईश्वर श्रेष्ठनिरज कटुवाल कार्यकारी निर्माता हुन् भने, फिल्मको प्रस्तुति रोहित अधिकारीले गरेका छन्।

कार्यक्रममा निर्देशक मिलन तामाङले फिल्मको कथा तयार गर्न ६–७ वर्षको अनुसन्धान गरेको खुलासा गरे। उनले भने, “फिल्म तामाङ समुदायको सांस्कृतिक पृष्ठभूमिमा आधारित छ। यसैले संस्कृति र जीवनशैली बुझ्न लामो समय अध्ययन र फील्डवर्क गरें। त्यो अनुसन्धानकै आधारमा कथालाई फिल्ममा उतारेको छु।”

यो फिल्म निर्देशक तामाङको पहिलो निर्देशकीय प्रयास हो। ट्रेलरले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ, र फिल्मले नेपाली समाजमा गहिरो सन्देश दिने अपेक्षा गरिएको छ।