वर्षकै प्रतीक्षित नेपाली फिल्म ‘बलिदान’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा मुख्य नायक समीर भट्ट को दमदार अभिनय र एक्सनले दर्शकको ध्यान खिचेको छ।

देशभक्तिको कथा बोकेको यो फिल्म सन्तोष सेनको निर्देशनमा तयार भएको हो। असोज १३ गते फूलपातीबाट रिलिज हुन लागेको फिल्मलाई दर्शकले लामो समयदेखि पर्खिरहेका छन्।

फिल्ममा समीर भट्टसँगै ऋचा शर्मा, सौगात मल्ल, अर्पण थापा, हेमन्त बुढाथोकी, कविता राय लगायतका कलाकारहरू छन्। पटकथा दर्शन जी को, निर्माण पवन ब्राडफोर्ड विष्ट ले गरेका हुन् भने प्रेम पुरी कार्यकारी निर्माता हुन्।

ट्रेलरले आफ्नी आमा र मातृभूमिको रक्षाका लागि एक पात्रले गरेको बलिदानको कथा देखाएको छ। समीर र सौगातबीचको रहस्यमय सम्बन्ध र लडाईले दर्शकको उत्सुकता अझ बढाएको छ।