आज पनि विजयादशमीको उल्लास नेपाली समाजमा निरन्तर छ। मान्यजनको हातबाट टीका–जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम जारी रहँदा कलाकार, राजनीतिज्ञदेखि सर्वसाधारणसम्म सबैले दशैंलाई परिवार र आत्मीयतासँग जोडिरहेका छन्।

चलचित्र क्षेत्रमा पनि कलाकारहरूले दोस्रो दिन आफन्त र नातेदारहरूसँग भेला भएर टीका–जमरा लगाएको दृश्यहरू सामाजिक सञ्जालमा साझा गरिरहेका छन्। अभिनेत्रीहरु वर्षा राउत, वर्षा सिवाकोटी, उपासना सिंह ठकुरी, आना शर्मा, रुविना थापा लगायतले आफन्तसँगको रमाइलो क्षण सार्वजनिक गरेका छन्।

त्यस्तै, अभिनेता आर्यन सिग्देल, रमित ढुंगाना, सिताराम कट्टेल, कुञ्जना घिमिरे, निर्मल शर्मा, भोलाराज सापकोटा, दिव्यदेव लगायतका कलाकारहरूले पनि आफ्ना नजिकका परिवारसँगको टीका ग्रहण गरेको तस्बिर प्रशंसा गर्दै पोस्ट गरेका छन्।

दशैंको यही भेला र मेलमिलापले एक आपसमा सम्बन्ध मजबुत बनाउने काम गरिरहेको छ। विजयादशमीको दोस्रो दिन पनि घर–घरमा खुसी, आशीर्वाद र आत्मीयताको माहोल छाएको छ।