चलचित्र 'फिर्के'को पहिलो गीत सार्वजनिक भएको छ । ईकु नामले परिचित कलाकार सुलेमान शङ्करको प्रस्तुति रहेको चलचित्र फिर्केको पहिलो गीत 'चट्टै' सार्वजनिक भएको हो । गीतमा रामचन्द्र काफ्ले र अञ्जु पन्तको स्वर छ भने सुवास भुषालको सङ्गीत तथा लेखु सहयात्रीको शब्द रहेको छ ।गीतको भिडियोमा सुलेमान शङ्कर ’ईकु’ र नव(नायिका क्रिष्टिना पौडेलको नृत्य रहेको छ । गीतमा कबिराज गहतराजको कोरियोग्राफी रहेको छ ।
पौष १४ गते रिलिज हुने ’फिर्के’मा अर्पण थापा, सुलेमान शङ्कर, ऋचा शर्मा, क्रिष्टिना पौडेल, विष्णु सापकोटा, अर्जुन गुरुङ्, उज्ज्वल भण्डारी, पुरन थापा लगायतका कलाकारहरूको अभिनय रहेको छ । चलचित्रलाई कलाकार रवि डंगोलले निर्देशन गरेका हुन् । उनी तितो सत्य, जिरे खुर्सानी लगायतका केही टेलिसिरियलमा 'बेमान' उपनामले परिचित छन् । चलचित्रका निर्माता ओमलाल गुरुङ् र राजेश श्रेष्ठ हुन् । चलचित्रमा अभिमन्यु निरबीको लेखन रहेको छ ।
अष्ट महर्जनको द्वन्द्व निर्देशन रहेको ’फिर्के’मा मित्र डी. गुरुङ्को सम्पादन तथा राम कुमार केसीको छायाङ्कन रहेको छ ।