गायक दुर्गेश थापा अमेरिकाको सांगीतिक यात्रामा निस्कन लागेका छन् । अस्ट्रेलिया, कतार र बेलायतमा सफल प्रस्तुति दिएका उनले अब अमेरिकी भूमिमा आफ्ना लोकप्रिय गीतहरू गाउने तयारी गरेका हुन्।

आगामी अक्टोबरदेखि नोभेम्बरसम्म हुने यस भ्रमणमा थापाले अमेरिकाका १२ प्रमुख सहरमा प्रस्तुति दिनेछन्। हालै मात्र अमेरिकी भिसा प्राप्त गरेका उनले यसपटकको टुरलाई आफ्नो करिअरकै विशेष यात्रा बताउँदै प्रशंसकहरूसँग प्रत्यक्ष भेटघाट हुने उत्साह व्यक्त गरेका छन्।

उनले टेक्सासको अस्टिन र डालस, न्यूयोर्क, पेन्सिलभेनियाको पिट्सबर्ग, भर्जिनियाको मनासास, मेरिल्याण्डको बाल्टिमोर, ओहायोको कोलम्बस, कोलोराडोको डेनभर, जर्जियाको एटलान्टा, क्यालिफोर्नियाको सनफ्रान्सिस्को र लस एन्जलसमा आफ्नो प्रस्तुति दिने कार्यक्रम तय भएको छ।