सौगात मल्ल र सृष्टि श्रेष्ठ स्टारर चलचित्र ‘भाइरल गोर्खे’को गीत सार्वजनिक भएको छ । त्रिशला गुरुङ र दीपक लिम्बुको आवाज रहेको ‘बतासले उडाइ लाग्यो’ बोलको गीत निर्माण पक्षले सार्वजनिक गरेको हो ।

उक्त गीतमा सङ्गीत रोहित शाक्यको,शब्द कुशुम गजमेरको र कोरियोग्राफी श्याम पट्टेलको रहेको छ ।

यो रिमेक हो । यसको ओर्जिनल भर्सनमा कुमार कान्छा र आशा भोस्लेको स्वर छ । सङ्गीत रञ्जित गजमेरको छ । यो ‘चिनो’ फिल्मको गीत हो ।

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार द्वय सौगात र सृष्टि छन् । प्रेममा रहेका उनीहरूको प्रेम सम्बन्ध र चञ्चलता देखाइएको छ । प्रेममा रहेको यो जोडी एक अर्काप्रति समर्पित रहेको देखाइएको छ । सुन्दर दृश्यको पृष्ठभूमिमा सौगात र सृष्टिको प्रेमलाई प्रस्तुत गरिएको छ । 

‘गोर्खे भाईरल’ माघ १ गते रिलिज हुनेछ ।‘भाईरल गोर्खे’ टिकटक, फेसबुक र युट्युबमा जसरी हुन्छ भाइरल हुने पछिल्लो ट्रेन्डलाई मुख्य कथा बनाएर बनेको सिनेमा हो ।

रोगकै रूपमा विकास भइरहेको यो ट्रेन्डलाई समाएर बनेको चलचित्रले समसामयिक र जल्दोबल्लो विषय उठान गरेको छ । 

एके ब्रदर कम्पनी, द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको व्यानरमा निर्माण भएको चलचित्रमा सौगात र सृष्टिसँगै बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमलाको अभिनय रहेको छ ।

अमित श्रेष्ठ, विशाल ताम्राकार, महेश लामिछाने र केवल जंग कुँवर निर्माता रहेको चलचित्र सह -निर्माता शुभेच्छा पौडेल,भुवन अधिकारी र निखिल पौडेल हुन् । कार्यकारी निर्मातामा निर्भाना फिल्म स्कुलक र केदार श्रेष्ठ रहेका छन ।

अमर महर्जनको सिनेमाटोग्राफी रहेको चलचित्रलाई लम्जुङको भुजुङ गाउँ, गोरखा र चितवनमा खिचिएको हो । ‘भाइरल गोर्खे’को वितरक सुनिल मानन्धर,द्वन्द निर्देशक श्री श्रेष्ठ,एडिटर बन्देप्रसाद, रवि चौधरी, भीम विश्वकर्मा हुन् ।