गत असोज ३१ गतेबाट सार्वजनिक प्रदर्शनमा आएको चलचित्र 'जेरी अन टप' ले आक्रामक अकुपेन्सीलाई निरन्तरता दिएको छ । रिलिजको पहिलो दिनबाट हाउसफूल बिजनेससहित हलमा भित्रिएको चलचित्रले प्रदर्शनको नवौँ दिनमा १ करोड माथिको ग्रस विजनेस गरेर नयाँ कीर्तिमान कायम गरेको थियो  । 'जेरी अन टप'को अहिले सम्म वर्ल्डवाईड कलेक्सन १२ करोड माथि रहेको निर्माण पक्षले जनाएको छ ।  

 

चलचित्रमा जोडिएको कलाकारहरूको अभिनय, हिमाली दृश्य, निर्देशन कला, छायाङ्कन, व्याकग्राउण्ड स्कोर, सम्पादन लगायतका पक्षले उत्कृष्ट तारिफ भेटेका छन् । दर्शकले फिल्मका मुख्य कलाकार अनमोल केसी, आँचल शर्मा र जसीता गुरुङ बीचको त्रिकोणात्मक प्रेमको केमेस्ट्रीलाई उत्कृष्ट भनेका छन् । साथमा लामो समयदेखि पर्दामा पुनरागमन गरेका अभिनेता भुवन केसी, चर्चित हाँस्य कलाकार केदार घिमिरे, उषा खड्गी, सुरक्षा पन्तको अभिनयले पनि दर्शकबाट प्रशंसा पाएको छ ।

अनन्या फिल्मस् को प्रस्तुति र  सुयोग गुरुङको निर्देशनमा बनेको फिल्मलाई दुलिप रेग्मीले दृश्यांकन गरेका हुन् ।