माघ ९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘परिवर्तन’को टिजर सार्वजनिक गरिएको छ। सार्वजनिक टिजरमा सुशिल श्रेष्ठको पावरफुल एक्सन देख्न सकिन्छ। देशमा विद्यमान भ्रष्टाचार, बेथिति, अन्याय र अत्याचारको विरोध गर्दै युवाहरूले अब देश परिवर्तनको नेतृत्व लिनुपर्ने सन्देश बोकेको देख्न सकिन्छ।
टिजर रिलिज कार्यक्रममा बोल्दै चलचित्रका निर्माता तथा कथा लेखक दिपक शिवाकोटीले ‘परिवर्तन’ले देशभक्त युवाको आवाजलाई पर्दामा उतार्ने प्रयास गरेको बताए। उनले भने,‘अबको परिवर्तन युवाबाटै सम्भव छ, यही सन्देश बोकेको हाम्रो फिल्मले समाजमा चेतना जगाउनेछ।’
विजय केरुङको निर्देशनमा बनेको यो चलचित्रमा सुशिल श्रेष्ठ, अञ्जना बराईली, करिश्मा मानन्धर, बुद्धि तामाङ, सुभाष मेचे, सरोज खनाल, हेमन्त बुढाथोकी, पुकार भट्टराई, शंकर श्रेष्ठ, गौतम तिवारी, यमनाथ खरेल, शिरु बिष्ट, आशा पौडेल, आयुषा कार्कीलगायतका कलाकारहरूको अभिनय रहेको छ।
शिवम अधिकारीको लेखनमा बनेको चलचित्रमा एस.डी. योगीको संगीत, श्री श्रेष्ठको एक्सन निर्देशन, शिव ढकालको छायांकन र बन्दे प्रसादको सम्पादन रहेको छ।