चलचित्र ‘परान’को बुकिङ खुल्ला भएको छ। शुक्रवार (१४ गते) सार्वजनिक प्रदर्शनमा आउँदै गरेको चलचित्रले देशभर उत्साहजनक शो पाएको छ।

बाइस्कोप सिनेमाको ब्यानरमा निर्माण भएको यस चलचित्रले हालसम्म ६४ भन्दा बढी शो पाएको छ। आज साँझ अबेरसम्म केही थप शोहरू जोडिने सम्भावना रहेको छ।

भावनात्मक पारिवारिक कथा बोकेको यो चलचित्र नेपाली बक्स अफिसमा पारिवारिक दर्शकलाई ठुलो सङ्ख्यामा आकर्षित गर्ने देखिन्छ। दीपक प्रसाद आचार्य (काकु)को डेब्यू निर्देशन रहेको चलचित्रमा वरिष्ठ अभिनेताहरूलाई केन्द्रीय भूमिकामा प्रस्तुत गरिएको छ।

चलचित्रमा शाहका अलावा मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश त्रिपाठी, अञ्जना बराइली, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, सुरेश थापा, बिनोद राई र बाल कलाकार आर्यादीप आचार्यले अभिनय गरेका छन्।

त्यस्तै, चलचित्रका गीतमा निर्देशक दीपक आचार्यकै शब्द, रिदम कँडेलको सङ्गीत रहेको छ भने प्रमोद खरेल, पुष्पन प्रधान र रचना रिमालले स्वर दिएका छन्।

छायाङ्कन (डि ।ओ ।पी) शिवराम श्रेष्ठले गरेका हुन् भने सम्पादन मित्र डी गुरुङले गरेका हुन्। कोरियोग्राफी सुनिल क्षेत्रीले गरेका छन्।