चलचित्र ‘रमिताको पिरती’को फस्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरिएको छ । सुदिप्ताको निर्देशनमा तयार भएको यो चलचित्र माघको २३ गतेबाट रिलिजमा आउने पक्का भएको छ ।
'रमिताको पिरती'मा नायिका आना शर्मा मुख्य भूमिकामा छिन् । उनको साथमा चलचित्रमा नायकद्धय धिरज मगर र विनय श्रेष्ठलाई देख्न सकिन्छ । यही चलचित्रबाट गायक समीर श्रेष्ठ फिल्मको पर्दामा नायकको रूपमा उदाउँदै छन् ।
महिला केन्द्रित यो चलचित्रको फस्टलुकमा नायिका आना शर्माका विभिन्न लुक्स देख्न सकिन्छ । आना शर्मा र सन्तोष लम्साल कार्यकारी निर्माता रहेको यो चलचित्रमा आर.पी प्रोडक्सन एसोसियट निर्माताको रूपमा छ । चलचित्रका निर्माता सागर लम्साल हुन् ।
चलचित्रमा सुशान्त केसी, समीर श्रेष्ठ, महेश काफ्ले, अस्मिता अधिकारी र कुशल पोखरेलको संगीत छ ।
शिशिर विशांखेको डीओपी रहेको चलचित्रमा सुनिल सिवाकोटीको सम्पादन, कपिल पराजुलीको कलर, कातिक बरालको कोरियोग्राफी छ ।
चलचित्रलाई काठमाडौँमा रिच इन्टरटेन्मेन्ट र एप्पल इन्टरटेन्मेन्टले वितरण गर्नेछन् भने काठमाडौँ बाहिर एफडी कम्पनीले वितरण गर्नेछ ।