नेपाली संगीत तथा दृश्य–कला क्षेत्रमा नयाँ प्रभाव छोड्दै गणेश जीडीको कथा तथा निर्देशनमा बनेको नयाँ म्युजिक भिडियो हालै सार्वजनिक भएको छ। यस भिडियोले भावनात्मक कथा, सशक्त अभिनय र आकर्षक छायांकनका कारण दर्शकको ध्यान तान्न सफल भएको छ।
भिडियोमा गणेश जीडी स्वयं मुख्य भूमिकामा देखिएका छन्। बाल कलाकारको रूपमा अर्जुन बुद्ध र बाबुको भूमिकामा धन सिंह बुद्धको प्रभावशाली अभिनय देख्न सकिन्छ। पारिवारिक भावना, संघर्ष र यथार्थ जीवनलाई समेटिएको कथाले दर्शकलाई भावनात्मक रूपमा जोड्ने प्रयास गरेको छ।
भिडियोको छायांकन उब्जन युकेले गरेका हुन् भने सम्पादन गणेश जीडीले नै गरेका छन्। सहायक निर्देशनको जिम्मेवारी साइलेश हमालले सम्हालेका छन्। निर्माण पक्षमा इभान ठाकुरी रहेका छन्। हवाई दृश्यहरू गणेश जीडी स्वयंले खिचेका हुन्। रङ संयोजन नितेश घाटनले गरेका छन्। पोस्टर तथा थम्बनेल अर्जुन आरएमटीएलले तयार गरेका हुन्।
गीतको शब्द, संगीत र स्वर सुरज पण्डितको रहेको छ। र्याप, शब्द र स्वरमा गणेश देवकोटाको सहभागिता रहेको छ। संगीत संयोजन एन्क्समस म्युजिकले गरेका छन्। गितारमा सञ्जीव बराइली, सारंगीमा हेमन्त कान्छा रसाइली, बाँसुरीमा रत्न बी.के., र मादलमा पोषण घर्ती मगरको योगदान रहेको छ।
रेकर्डिङ गोविन्द अनेकद्वारा गरिएको हो भने अन्तिम सम्पादन कमल थापा मगरले गरेका छन्। ध्वनि मिश्रण तथा परिष्करण श्यामश्वेत रसाइली स्टुडियो प्रिज्ममा सम्पन्न गरिएको हो।
कलात्मक प्रस्तुति, भावनात्मक कथा र नेपालीपनको गहिरो अनुभूति दिलाउने यस म्युजिक भिडियोले दर्शक तथा श्रोतामाझ सकारात्मक चर्चा बटुल्ने अपेक्षा गरिएको छ।