चलचित्र ‘मितज्यू’को नयाँ प्रदर्शन मिती घोषणा गर्दै दोस्रो पोस्टर सार्वजनिक भएको छ। आइतबार नयाँ पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले आगामी जेठ ८ गतेबाट चलचित्र प्रदर्शन गर्न घोषणा गरेका हुन्।
सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य कलाकार दयाहाङ राई,सौगात मल्ल, तेरिया फौजा मगर,शिशिर वाङ्देल र अर्का एक पात्र देखिन्छन्। जहाँ साैगात मल्ल हातका भाले च्यापेका छन् भने साईडमा पहाडमा गुड्ने गाडी दिन्छ। दयाहाङ राईको अनुहार निकै रिसाहा देखिएका छन् भने तेरिया मजेद्रोले टाउकामा बेरेर दुखी मुन्द्रामा देखिकी छन्। शिशिर र अर्का एक पात्र नरम झै उभिएका छन्। साइडमा फुस्को छानोवाला घर देखिएका छन्। जसका कारण चलचित्रले ग्रामीण परिवेश र सामाजिक द्वन्द्वको झल्को देखिन्छ ।
अनिल बुढा मगरको निर्देशनमा निर्माण भएको चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, तेरिया फौजा मगर, पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तम राज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुशा राई, खड्गबहादुर पुन मगर (खबपु) लगायतको अभिनय रहनेछ। यसै चलचित्रबाट तेरिया मगरले अभिनेत्रीका रुपमा डेब्यु गरेकी हुन्।