मधुुसुधन भट्टराई निर्देशित चलचित्र ‘हामी तीन भाइ’को ट्रेलर रिलिज भएको छ। सोमबार निर्माण टिमले ओएसआरको युट्युब च्यानलमार्फत ट्रेलर रिलिज गरेको हो।
ट्रेलरमा एउटा गाउँका तीन दाजुभाइ बिनोद न्यौपाने,कुशल विष्ट र फलित राई एकदमै मिल्छन्। उनीहरूका बुबा आमाले तीन भाइ कहिल्यै नछुटिनु भनेर बितेका हुन्छन्। बाबुआमाको भनाई लाई आत्मसाथ गर्दै अगाडी बढेका तीनै भाइ खेतबारी बारीमा होस् या कुनै काम। मिलेर गर्छन्। दाईले नकुटेको दिन किन आफूलाई दाईले कुटेनन् भनेर पनि गुनासो गर्छ। जब बिनोदका भाइ कुशल र फलितले बिहे गर्छन् त्यसपछि उनीहरूको सम्बन्धमा दरार आउँछ। भनौँ,भाइहरू छुटिनका लागि अंश माग्न थाल्छन्। कहिल्यै नछुटिने दाजुभाइहरू जब अंशको कुरा गर्न थाल्छन्। त्यसपछि तीन दाजुभाइबिचको गहिरो सम्बन्धमा चिसोपना आउँछ। दाजुले रिसले त्यसो भए बुबा खोजेर लिएर आइज भनेपछि नक्कली बुबा राजाराम पौडेललाई खोजेर ल्याउँछन्। अहिले हाम्रो समाजमा भइरहेको जग्गा प्लटिङ गरेर धेरै कमाउने मान्छेहरू देखिन्छन्। सोही कथालाई समेत निर्देशक भट्टराईले कथामा मिसाएका छन्।
तीन दाजुभाइको खटपट कुन बेलामा हुन्छ भन्ने कुरामा समेत चलचित्रको ट्रेलरले बोल्छ।
चलचित्रमा विनोद न्यौपाने, लक्ष्मी वर्देवा, कुशल विष्ट, आश्मा गिरी, जाहन्वी बस्नेत,फलित राई, राजाराम पौडेल, रवीन्द्र झा, बिष्णु सापकोटा (हर्के हल्दार(, विकास चापागाइँ शुष्मा निरौला, यादव देवकोटा (सरापे),अन्जु हमाल,तारा शर्मा,पवन केसी, रमा विष्ट, विरेन श्रेष्ठ,शुष्मा जिम्बा,खिन्न बहादुर भण्डारी (भोले),गोविन्द प्रसाद पौडेल,भूमिका गिरी,टेकराज पौडेल, अमृतमान महर्जन लगायतले अभिनय गरेका छन्।
साजित महत प्रस्तुतकर्ता रहेको यस चलचित्रको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन्। प्रसिद्धि सिने आट्स प्रा.ली.को ब्यानरमा निर्माण भएको यस फिल्मको निर्मातामा त्रिरत्न श्रेष्ठ र मनोज श्रेष्ठ रहेका छन्। साथै कार्यकारी निर्माता विक्रम तामाङ रहेका छन्। सह–निर्माता भक्तलाल श्रेष्ठ, प्रतिमा थापा पोखरेल, दुर्गालक्ष्मी पाण्डे विशेष सहयोगी शम्भु कुमार केसी रहेका छन्।
फिल्मलाई शिव ढकालले खिचेको हुन् भने सम्पादन बनिश शाहले गरेका छन्। यस फिल्मको गीतमा सङ्गीत साप शक्ति,बाबुल गिरीले भरेका छन्। नृत्य कमल राई इन्द्र देव महर्जन पाश्र्व सङ्गीत सम्राट थापा ध्वनी मिश्रण मुकेश शाह,रंग संयोजक रेनिश फागोको छ।
चलचित्र यही चैत १३ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ।