भावनात्मक संवाद, पारिवारिक कथा रहेको चलचित्र ‘काजी’ को ट्रेलर छोटो समयमै दर्शकबाट सकारात्मक प्रतिक्रिया आइरहेको छ। ट्रेलरमा प्रस्तुत प्रेम, विश्वास र सम्बन्धको द्वन्द्वले दर्शकको ध्यान तानेको छ। विशेष गरी विपीन कार्कीका भावुक संवाद र केकी अधिकारीको समर्पित पत्नीको भूमिकालाई धेरैले रुचाएका छन्।

छोटो समयमै ट्रेलर मुभी चार्टको टप पाँचभित्र पनि पर्न सफल भएको छ। यसले फिल्मप्रति दर्शकको उत्साह र अपेक्षा बढ्दो रहेको सङ्केत गरेको छ। 

ट्रेलरमा पारिवारिक सम्बन्ध, प्रेम, त्याग र विश्वासलाई भावुक शैलीमा प्रस्तुत गरिएको देखिन्छ। विपीन कार्की र केकी अधिकारीको केमेस्ट्रीलाई दर्शकले विशेष रूपमा रुचाएका छन्। 

चलचित्र आगामी जेठ ८ गतेदेखि देशव्यापी प्रदर्शनमा हुँदैछ। काजी र कजिनी बनेका विपीन र केकीसहित चलचित्रमा गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपाने, रश्मी भट्ट, हिउँवाला गौतम, सन्दिपबाबु लोहनी, रोजी श्रेष्ठ, गंगा शर्मा, नवराज गिरी, बुद्धि सागर खनाल, प्रशंसा सुवेदी, कृतिका शर्मा र बाल कलाकार दिक्षिता अर्याललगायत कलाकारले अभिनय गरेका छन्।

रामप्रसाद रिजालको प्रस्तुति रहेको फिल्म रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो। चलचित्रका निर्देशक लक्ष्मण रिजाल हुन्। प्रदीप भारद्धाजको कथा लेखन रहेको फिल्मका निर्मातामा नेहान रिजाल, विकाशराज जोशी रहेका छन्।

असिम काफ्ले कार्यकारी निर्माता रहेको चलचित्रमा चिन्तन राजभण्डारीको छायांकन, कालीप्रसाद बास्कोटाको संगीत, कविराज गहतरजको नृत्य निर्देशन, ओजस्वी ओझाको प्रोडक्सन डिजाइन, रंग संयोजक श्याम कुँवर, सागर अर्यालको साउण्ड डिजाइनर र सुजिल कर्माचार्यको पार्श्व संगीत, प्रोडक्सन हेड प्रकाश हमाल,  विपीन मल्लको सम्पादन, बनिश शाहको सुपरभाइजर सम्पादनमा बनेको छ।