आज शुक्रबारबाट दुई नेपाली चलचित्र 'एक मुठ्ठी बादल ' र 'लाईफ ड्यामेज ' सिनेमाहलमा प्रदर्शनमा आएका छन् । 

प्रीमियरमा उत्साहजनक प्रतिक्रीया पाएको चलचित्र 'एक मुठ्ठी बादल ' साहारा शर्माद्वारा निर्देशित चलचित्र हो । 

चलचित्रमा आँचल शर्माले ‘माइली’ को भूमिका निर्वाह गरेकी छन्, जसको विवाहको तयारीको रमझम छ। उनको पात्रमार्फत विवाहसँग जोडिएका भावनात्मक जटिलता, सामाजिक अपेक्षा र महिलाले भोग्ने व्यक्तिगत अनुभवलाई संवेनशील ढंगले प्रस्तुत गरिएको छ। चलचित्रले मध्यमवर्गीय नेपाली परिवारको यथार्थपरक चित्रण गरेको छ ।

यता सुरक्षा पन्त , निमेश श्रेष्ठ लगायतको मुख्य भूमिका रहेको 'लाईफ ड्यामेज'लाई निमेश श्रेष्ठले निर्देशन गरेका हुन्।