अभिनेता कबिर खड्काको मुख्य भूमिकामा रहने गरी चलचित्र 'मेरो प्रेम अधुरो’ निर्माण घोषणा गरिएको छ । चलचित्रलाई प्रवेश पौडेलले निर्देशन गर्ने भएका छन् । उनले यसअघि 'अमेरिका बोइज’ र 'बिहे पास’को निर्देशन गरेका थिए । यो उनको तेस्रो निर्देशकिय फिचर चलचित्र हुनेछ । आगामी साउन महिनामा यो चलचित्रको नेपालबाट छायांकन सुरु गरिनेछ ।

चलचित्रका लागी दुई अभिनेत्रीको खोजी भैरहेको निर्देशक पौडेलले बताए । दुवै जना अभिनेत्री अडिसनबाट छान्ने तयारीमा निर्माण टिमको छ । 
सितारा फिल्मस् र कबिर खड्का फिल्मस्‌को ब्यानरमा निर्माण हुने चलचित्रलाई सुरेन्द्र रावलले निर्माण गर्नेछन् । अभिनेता कबिर पनि यो सिनेमाका निर्माता हुन् । उनले एउटा सुन्दर लभस्टोरी सिनेमा दर्शकलाई पस्किने हेतुले चलचित्र निर्माणमा पाइला चालेको बताए । चलचित्रका सहनिर्माता करण खड्का हुन् ।

चलचित्रमा शरद महतोको डिओपी, अर्जुन कटुवालको संगीत र क्रियटिभ निर्देशकमा बम बहादुर थापा छन् ।