पुस २८ गते प्रदर्शनको तयारी गरिरहेको चलचित्र ‘मिस्टर झोले’ले प्रचारप्रसारको सुरुवात गरेको छ । पछिल्लो समय चलचित्रकर्मीहरु आफ्नो चलचित्र प्रचार गर्नको लागी विभिन्न विधिहरू अपनाउने गर्दछन् । यसैमा चलचित्र मिस्टर झोले प्रमोसनको लागी कभर भिडियो कम्पिटिसन अगाडी ल्याएको हो । केही दिन अघि सार्वजनिक भएको गीत 'ओखती...' बोलको गीतलाई नृत्यको माध्यमबाट र ड्रामा गरेर कम्पिटिसनमा सहभागी हुन पाउने छ । कभर भिडियोमा नाच्ने र अभिनय गर्न पाउने छन् । उक्त प्रतिस्प्रर्धाको रिजल्ट भने पुस २३ गते आउट गर्ने छ । इच्छुकले कभर भिडियो बनाई पुस २१ गते (जनवरी ५) सम्म  (info@highlightsnepal.com) मेल गरिसक्नु पर्ने निर्माण पक्षले बताएको छ । 

 


यो प्रतिस्पर्धामा प्रथम हुनेले १ लाख ५५ हजार, दोस्रो हुनेले १ लाख २५ हजार र तेस्रो हुने १ लाख ५ हजार नगत पुरस्कार जित्नेछन् । सिनेमा आर्ट र टेकेन खड्का प्रोडक्सनको व्यानरमा निर्मित ‘मिस्टर झोले’लाई टेकेन खड्काले निर्माण गरेका हुन् ।रामबाबु गुरुङको कथारनिर्देशन रहेको सिनेमामा दयाहाङ राई, वर्षा राउत, दीया पुन, पुष्कर गुरुङ, बुद्धि तामाङ, प्रवीण खतिवडा, अरुणा कार्की, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय छ । कालीप्रसाद बाँस्कोटा र सुजेन कार्कीको सङ्गीत रहेको चलचित्रमा रवि न्यौपानेको छायाङ्कन, निमेष श्रेष्ठको सम्पादन र विक्रम स्वारको कोरियोग्राफी छ