चलचित्र ‘माई लभ’को ट्रेलर सार्वजनिक भएको छ । नेपालमा २०७२ साल वैशाख १२ गते गएको महाविनाशकारी भुुकम्पको कथामा बनेको चलचित्रको ट्रेलर सार्वजनिक भएको छ । जापानी निर्देशक डा. तोसिआकी इतोहले निर्देशन गरेको उक्त चलचित्रमा गणेश लामा,नयाँ अनुहार शीतल श्रेष्ठ,जापानी अभिनेत्री रिवन मित्सुतानीको मुख्य भूमिका रहेको छ । यस्तै नेपाली कलाकारहरू चैत्यदेवी सिंह,चाँदनी लामा, राजु भुजु, मञ्जु श्रेष्ठ र जापानी कलाकारहरू युइची हायाता, शुतारो मत्सुदा, काजुतोशी थासाका, ताक् मियामोतोको समेत अभिनय हेर्न पाइनेछ ।
माई लभ चलचित्रले आफ्नो देशको महत्त्वपूर्ण सम्पदा स्थलहरुको महत्त्व दर्शाउदै तिनीहरूको पुनर्निर्माण र संरक्षण गर्नु सबै नेपालीको दायित्व रहेको सन्देश दिइएको छ । फिल्म क्रियसन नेपालको ब्यानरमा गणेश लामाले निर्माण गरेको चलचित्र माई लभमा दिनेश सुनामको सङ्गीत, गौरीशंकर धुजुको छायाङ्कन निर्देशन, नारायण जिसीको छायाङ्कन र तारा थापा किम्भेको सम्पादन रहेको छ । चलचित्र यही मङ्सिर २९ गतेदेखि काठमाडौँ उपत्यकासहित देशभरका मल्टिप्लेक्सहरुमा रिलिज हुँदैछ ।