अभिनेत्री केकी अधिकारी र अभिनेता नाजिर हुसने अभिनित चलचित्र ‘राज्जा रानी’ अब मैथिली भाषामा पनि आउने भएको  छ । पौष २१ गते प्रदर्शनको तयारी गरिरहेको चलचित्र मैथिली भाषामा रिलिज हुने निर्माता रमेश एमके पौडेलले जानकारी दिएका हुन् ।

 

मङ्गलवार मैथिली भाषामा प्रदर्शन गर्नको लागी निर्माण पक्ष र चलचित्र वितरक बिच सम्झौता भएको थियो । यम थापा निर्देशित चलचित्रलाई मैथिलीको साथै भारत प्रदर्शनको अधिकार २० लाखमा बेचेको निर्माण पक्षले जनाएको छ ।