अभिनेता आर्यन अधिकारी र अभिनेत्री श्रृष्टी श्रेष्ठको जोडीमा चलचित्र ‘बाँध मायाले’ निर्माण हुने भएको छ । सविर श्रेष्ठको निर्माण र निर्देशनमा बन्न लागेको चलचित्रको यस अघि ‘सँग सँगै’ राखिएको थियो । तर विभिन्न कारणले गर्दा चलचित्रको नाम परिवर्तन गरिएको थियो । छायाँकनको तयारी गर्दै गरेको ‘बाँध मायाले’को कथा लभस्टारी रहने निर्माण पक्षले बताएको छ।
काईट्स ईन्टरटेन्मेन्ट प्रा.लिको प्रस्तुती रहने ‘बाँध मायाले’ का निर्माता रामहरी धिताल र बिभिसीका श्रेष्ठ निर्माता हुन् । सह-निर्माताको रुपमा महेन्द्र अधिकारी र केदार प्रसाद धिताल छन् ।