नायिका रजनी केसी अभिनित चलचित्र ‘पटुकी’को पहिलो गीत सार्वजनिक भएको छ । म्याक्तेन कालुको शब्द, राजनराज शिवाकोटी सङ्गीत रहेको गीतमा राजराज र गायिका अन्जु पन्तको स्वर रहेको छ ।
तिलकबहादुर साक्रीको निर्माण रहेको चलचित्रलाई राम नेपालले निर्देशन गरेका हुन् । पौष १४ गते प्रदर्शन मिति तय गरिएको चलचित्रमा रजनी केसी, जेम्स बिसी, दीपक कँडेल, रोजी श्रेष्ठ, हरि गुरङ, म्याक्तेन कालु लगायतका कलाकारको अभिनय रहेको छ ।