चलचित्र ‘सुपर गोर्खे’को को पोस्टर सार्वजनिक भएको छ । बिहीबार सवा ११ बजे साइत हेराएर चलचित्रको पोस्टर सार्वजनिक गरिएको हो  पोस्टरमा गुड, व्याड र अग्ली म्यानहरुलाई प्रस्तुत गरिएको छ । चलचित्रकी निर्मात्रीको साथै नायिका रहेकी ऋचा सिंह ठकुरी भने पोस्टरमा देखिएकी छैनन् । चलचित्रलाई राज थापाले निर्देशन गरेका हुन् । अबिर हाउस प्रोडक्सनको ब्यानरमा बनेको चलचित्रमा दैवी शक्ति विना समाजमा शक्तिशाली व्यक्तिहरूको कथा बताउँछ । चलचित्रले समाजका शक्तिशाली व्यक्तिहरूको सम्मान गर्ने निर्माण पक्षले बताए । मङ्सिर २९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रमा तारा प्रकाश लिम्बुुको सङ्गीत, सौरभ लामाको छायाङ्कन रहेको छ । चलचित्रमा ऋचाको साथमा  सुरजसिंह ठकुरी, निराज लुईंटेल, भुपेन्द्र खत्री, सचिन केसी लगायतको कलाकारहरूको अभिनय रहेको छ ।