चलचित्र ‘नाई न भन्नु ल २’मा छोटो भूमिका हुदैँ रजतपटमा प्रवेश गरेकी नायिका हुन् वर्षा सिवाकोटी । पहिलो चलचित्रबाट उनले सोचे अनुरूप छाप छोड्न सकिन्न् । त्यस पश्चात् वर्षा दर्जनौँ म्युजिक भिडियोमा काम गरिन् । उनी अभिनित दोस्रो चलचित्र ‘पशुपति प्रसाद’ रिलिज भयो । चलचित्रमा वर्षाको पात्रलाई धेरैले रुचाए । तर अन्य कलाकारले गर्दा पशुपति प्रसाद सफल भएको जस भने वर्षा पाइनन् । गत वर्ष वर्षा अभिनित केही चलचित्रहरु प्रदर्शन भए । जसले सोचेको अुनसारको कमाई गर्न सकेन ।

 

यही वर्ष रिलिज भएको ‘कारखाना’ वर्षाले आस गरेको चलचित्र थियो । उत्त चलचित्रले न पैसा कमाउन सक्यो न त दर्शकलाई हलसम्म तान्नै सक्यो । सिवाकोटी भन्छिन् ‘कारखानाबाट धेरै आस गरेको थिए । सफल हुन सकेन । मलाई सुरुमा भाग्य भन्दा चलचित्र क्षेत्रमा काम गर्नु पर्छ जस्तो लाग्थ्यो । अब कामको साथै भाग्य पनि बलियो हुनु पर्ने रहेछ भन्ने लागेकाे छ। ’ हाल उनी नयाँ चलचित्र ‘भैरे’को छायाँकनमा व्यस्त छिन् । लगातार फ्लप  चलचित्र दिएकी बर्षाकाे अबकाे अाश भनेकाे भैरे हाे । भैरेबाट सफलताकाे  मिठाे स्वाद बर्षाले चाख्न पाउने छिन् या छैनन् त्याे  निकट भविष्यमा थाहा हुने छ ।