चलचित्र ह्याप्पी न्यू ईयरको ट्रेलर सार्वजनिक भएको छ । बिहिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । लभस्टोरी चलचित्र ह्याप्पी न्यू ईयरलाई देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन् । चलचित्रमा कुशल थापा र सन्ध्या केसीको मुख्य भुमिका रहेको छ । रति थापाको निर्माण रहेको ‘ह्याप्पी न्यू ईयर’ मा विनोद ढकाल, टंक बुढाथोकी र किरण माईकलको संगीत छ । लभ स्टोरी चलचित्रको सम्पूर्ण छायाँकन अष्ट्रेलियामा गरिएको हो । चलचित्रलाई वेञ्जामिन ड्रेले खिचेका हुन् ।