चलचित्र ‘रोमियो एण्ड मुना’ फागुन ११ गते प्रदर्शनमा आउने भएको छ । हालै छायाङ्कन सकाएको चलचित्रको प्रदर्शन मिति वितरकसँग सम्झौता गरेर फागुन ११ गते तय गरेको चलचित्रका निर्माता प्रसन्न गोपालीले जानकारी दिए । निर्माता गोपालीको अनुसार यति बेला रोमियो एण्ड मुनाको प्रोडक्सनको काम भइरहेको छ । नरेश कुमार केसीको निर्देशन रहेको चलचित्रमा विनय श्रेष्ठ र श्रृष्टि श्रेष्ठ मुख्य भूमिकामा प्रस्तुत भएका छन् । युवा वर्गलाई लक्षित गरी निर्माण गरिएको चलचित्रको कथा निर्देशक स्वयमले लेखेको हुन् । चलचित्रमा प्रसन्न गोपाली, राम शर्मा, कविन शाक्य र नायक विनय श्रेष्ठले लगानी गरेका छन् । दिपाङकर सिक्देर र बाबु श्रेष्ठको छायाङ्कन रहेको चलचित्रमा कालिप्रसाद बाँस्कोटा, कोसिस क्षेत्री र गौरव दवाङकरले सङ्गीत दिएका छन् ।