चलचित्र ‘माई लभ’को पहिलो गीत सार्वजनिक भएको छ । ‘सानुमाया’बोलको उक्त गीत युट्युब मार्फत सार्वजनिक भएको हो । गीतमा जापनिज कलाकारहरूले कम्मर मर्काएर नृत्य गरेका छन् । सार्वजनिक गीतमा दीप तुलाधारको सङ्गीत, रमेश कोइरालाको शब्द, रामचन्द्र काफ्ले र मिना सिंहले स्वर दिएका छन् । गीतमा चलचित्रका कलाकार गणेश लामा,  शिटल श्रेष्ठ, जापनिज कलाकार युइची हायाता, शुतारो मत्सुदा, काजुतोशी थासाका, ताक् मियामोतोको अभिनय रहेको छ।

 

भिडियोलाई भने प्रदिप श्रेष्ठले कोरियोग्राफी गरेका छन् । फिल्म क्रियसन नेपालको ब्यानरमा गणेश लामाले निर्माण गरेको चलचित्र माई लभलाई जापानी निर्देशक डा.तोसिआकी इतोहले निर्देशन गरेका हुन् । चलचित्रमा चलचित्रमा गणेश लामा, शीतल श्रेष्ठ, जापानी अभिनेत्री रिवन मित्सुतानीको मुख्य भूमिका रहेको छ । यस्तै नेपाली कलाकारहरू चैत्यदेवी सिंह, चाँदनी लामा, राजु भुजु, मञ्जु श्रेष्ठ र जापानी कलाकारहरू युइची हायाता, शुतारो मत्सुदा, काजुतोशी थासाका, ताक् मियामोतोको समेतको अभिनय हेर्न पाइनेछ ।चलचित्रमा दिनेश सुनाम र दीप तुलाधारको सङ्गीत, गौरीशंकर धुजुको छायाङ्कन निर्देशन, नारायण जिसीको छायाङ्कन र तारा थापा किम्भेको सम्पादन रहेको छ । यो चलचित्र यही मङ्सिर २९ गतेदेखि काठमाडौँ उपत्यकासहित देशभरका मल्टिप्लेक्सहरुमा रिलिज हुँदैछ ।