नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह अभिनित चलचित्र ‘तिमी सँग’ यसै वर्षको अन्त्यमा रिलिज हुने भएको छ । भदौमा प्रदर्शनको तयारी गरेको यो चलचित्रले साम्राज्ञीको अर्को चलचित्र ‘ए मेरो हजुर २’ सोही महिना रिलिज भएको कारणले पछि हटेको थियो । यति बेला तिमी सँग निर्माण टिमले आउदो चैत २३ गते रिलिज डेट तय गरेको हो ।
निर्माता तथा निर्देशन समेत रहेका कलाकार शिशिर राणाको अनुसार चैत रिलिज पक्का गर्ने र यस पछि नसर्ने बताएका छन् । उनका अुनसार चलचित्रको सम्पादन काम सबै सकिसकेको र चाँडै नै तिमी सँग टिम प्रचार प्रसारमा लाग्ने छ । लगातार दुई हिट दिएकी नायिका साम्राज्ञीको यो तेस्रो सोलो चलचित्र हो । उनीसँगै चलचित्रमा आकाश श्रेष्ठ र नाजिर हुसेन मुख्य भूमिकामा छन् ।