चलचित्र ‘गोरे’को ट्रेलर सार्वजनिक भएको छ । यही मंंसिर २९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रको ट्रेलर सार्वजनिक भएको हो । लामो समयपछि अभिनेता दिलीप रायमाझी यही चलचित्रबाट अभिनयमा फर्किएका छन् । रमेश कुमार राईको निर्देशनमा तयार भएको चलचित्रमा दिलीपको साथै अनु शाह राकेश कुमार राई , डा.गुन्नु घर्ति , अभिसेक गिरि , बिमला आचार्य , रबिन्द्र आचार्य लगायतका कलाकारको अभिनय रहेको छ ।
जिएस मुभि मेकर्सको व्यानरमा निर्माण भएको यो चलचित्र लाई सूर्य जिसिले प्रस्तुत गरेका हुन् भने रुपा जिसि चलचित्रकि निर्मात्री हुन् । चलचित्रका गीतमा विकास चौधरीको सङ्गीत रहेको छ ।
यस्तो छ गोरेको ट्रेलर :-