पछिल्लो समयकी व्यस्त नायिका हुन्– प्रियंका कार्की । चलचित्रको साथै म्यूजिक भिडियो, विज्ञापन र विभिन्न कार्यक्रमहरूमा प्रियंका पुगेकी नै हुन्छन् । यस वर्ष प्रियंकाको चर्चा अलि फरक तरिकाबाट भयो । जब उनी नायक आयुष्मान देशराजको मायामा परिन् तब विभिन्न कन्ट्रोभर्सीहरु आए । उनको र आयुष्मानको नाम जोडेर सामाजिक सञ्जालमा ट्रोल बनाउनेको कमी देखिएन । तर, यी सबै कुरालाई प्रियंकाले सामान्य तरिकाले लिइन् ।

अभिनेत्री प्रियंका कार्की र उनकी अामा रक्षा कार्कीसँग गरिएकाे कुराकानी :-

 

उनी भन्छिन् ‘मेरो व्यक्तिगत कुरालाई ट्रोल बनाएर कोही खुसी हुनुहुन्छ भने मलाई केही फरक पर्दैन । कामको कुरामा कमेन्ट गर्नु भए म सधैँ कृत्यज्ञ हुने छु ।’ अहिले नै आफ्नो विवाहकोबारेमा नसोचेको बताउने प्रियंका सन् २०२० सम्ममा विवाह बन्धनमा बाँधिने सम्भावना रहेको बताउँछिन् । पछिल्ला केही चलचित्र कार्यक्रममा प्रिंयकाकी आमा रक्षा कार्की प्रायसँगै हुने गर्छिन् । प्रियंकाको विवाहको बारेमा उनकी आमालाई सोधेको प्रश्नमा उनी भन्छिन् ‘लामो समयसम्म प्रेम सम्बन्धमा बस्दा के हुन्छ थाहा हुन्न । त्यसैले चाँडै विवाह गर भन्ने गर्छु ।’ फेरि प्रियंकाकी आमा रक्षा थप्छिन् ‘राम्रो ज्वाँई (आयुष्मान) पाएकाले एकदमै खुसी छु ।’