चलचित्र ‘शिरफूल’को पहिलो गीत सार्वजनिक भएको छ । ‘भिर माथि भिर फूलै शिरै माथि शिरफूल..’बोलको गीत शुक्रवार दिउँसो युट्युव मार्फत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा देव राज आलेमगर र तारा श्रीयसको स्वर रहेको छ भने राजु थापाको शब्द रचना र देवराज आलेको सङ्गीत रहेको छ । भिडियोमा चलचित्रका मुख्य कलाकार मरिष्का पोखरेल फिचरिङ छिन् । कमल एक्चाई मगरको निर्देशनमा तयार भएको चलचित्रलाई आशिरवाद पुन मगरले निर्माण गरेका हुन् । चलचित्रमा मरिष्काको साथमा देवराज आले, बिनिता थापा, राज थापा, रुपा राना लगायतका कलाकारको अभिनय रहेको छ ।