बलिउडकी चर्चित गायिका मोनाली ठाकुर नेपाल आउने भएकी छिन् । पछिल्लो समय बलिउडका चर्चित कलाकार, गायक–गायिकाहरु नेपाल आउने क्रम बढ्दो छ । यसैमा चर्चित गायिका ठाकुर नेपाल आउन लागेकी हुन् । पर्फेक्ट प्लान इन्टरटेन्मेन्टको प्रस्तुतिमा आयोजना हुन लागेको ‘मोनाली ठाकुर लाइभ इन नेपाल’ कार्यक्रमको लागी उनी नेपाल आउन लागेकी हुन् । उक्त कार्यक्रम डिसेम्बर ९ तारिखमा काठमाडौँको डेजा भू क्लबमा आयोजना हुनेछ । कार्यक्रममा नेपालबाट नायकद्धय सलोन बस्नेत र आमेष भण्डारीको पनि विशेष प्रस्तुति दिने छन् ।

 

यी दुईको नायकको साथमा नेपालका केही चर्चित ब्याण्डले पनि कार्यक्रममा प्रस्तुति दिनेछन् । बेलुकी ७ बजे सुरु हुने कार्यक्रममा मोनालीले आफ्नो केही हिट गीतहरू नालीका ‘मोह मोहके धागे, बद्री कि दुल्हनिया, सवार लो, छम छम, रघुपति रागव, जरा जरा टच मी’ गाउने छिन् ।