पत्रकार ऋषि धमला पत्नी एलिजा गौतमको निर्माण र अभिनय रहने गरि घोषणा गरिएको चलचित्र 'अनुराग' निकै अगाडी देखि चर्चा र गसिपको बिषय बनिरहेको थियो । चाहें त्यो चलचित्रबाट हिरो बाहिरिएको कुरा होस् या त पल शाहको चलचित्रमा इन्ट्रीको कुरा । अन्तत दुई नयाँ लिड अनुहारका साथ चलचित्रको छायाँकन प्रारम्भ गरिएको छ ।

जनकपुरको राम जानकी मन्दिरमा चलचित्रको शुभ मुहर्त गरेपछी सम्पूर्ण युनिट छायांकनका लागी पोखरा प्रस्थान गरेको हो ।

सत्यराज चौलागाईको निर्देशनमा बन्ने 'अनुराग'मा समुन्द्र पण्डित र एलिजा गौतम मुख्य भूमिकामा रहने छन् । चलचित्रको छायाँकन पोखरा र काठमाडौँमा गरिनेछ ।
